कार्यशाला गोष्ठी तथा भ्रमण


मुद्रण सम्बन्धी वैदेशिक अवलोकन भ्रमण कार्यक्रम २०७३

प्रकाशित मिति: 2017-03-03

मुद्रण विभागले नेपाल सरकारको अत्यावश्यक सेवा भित्र रहेर सरकारका सुरक्षण मुद्रण सम्बन्धी कार्यहरु गर्नुका साथै नेपाल राजपत्रको प्रकाशन तथा वितरण गर्दै आइरहेको छ । मुद्रण सेवालाई अझ बढी विश्वसनीय भरपर्दो, गुणस्तरीय, आत्मनिर्भर र सुरक्षित तुल्याई सबै प्रकारका सुरक्षण मुद्रणका कार्यलाई स्वदेशमै सम्पादन गर्न सक्ने सक्षम र साधन सम्पन्न सुरक्षण मुद्रणालय स्थापना गर्ने सरकारको नीति अनुरुप आ.व.२०७३।०७४ को वार्षिक कार्यक्रममा वैदेशिक अवलोकन भ्रमण कार्यक्रम रहेको थियो । जस अनुसार मिति २०७३।१०।२१ गते देखि २०७३।१०।२६ गतेसम्म भारतको नयाँ दिल्ली स्थित नोएडामा भएको 13th Printpack  मा विभागका महानिर्देशक श्री शंकर अर्यालज्यूको नेतृत्वमा नौ सदस्यीय प्रतिनिधिमण्डलको सहभागीता रहेको थियो ।

सहभागी टोली:

१, महानिर्देशक  श्री शंकर अर्याल
२, शाखा अधिकृत  श्री दीपक कुमार पोखरेल
३, अ.प्रे .सु. श्री दिपक प्रसाद न्यौपाने
४, मुद्रण अधिकृत श्री विमला कोइराला
५, मुद्रण अधिकृत श्री सुनिता रेग्मी
६, मुद्रण अधिकृत श्री बलराम चौधरी
७, लेखापाल श्री कमल परियार
८, सि. प्रेशम्यान श्री दिलिप कुमार ढकाल
९, सि. प्रेशम्यान श्री नरहरि रायमाझी

अवलोकन भ्रमणको क्रममा मिति २०७३।१०।२२ र २३ गते नोएडामा आयोजित Printpack Exibition मा भ्रमण टोलीको सहभागीता रहनुको साथै उक्त Exibition मा Printing Exibition क्षेत्रमा विश्वमा विकसित भएको नवीनतम प्रविधि प्रर्दशनमा जापान, जर्मन, भारतका साथै अमेरिका लगायतका विभिन्न राष्ट्रबाट उत्पादित छपाई सम्बन्धी विभिन्न प्रकारका प्रिन्टिड., बाइण्डिडं, तथा कटिड. मेशिनहरुको अवलोकन गरिएको थियो । सो अवधिमा भारतका विभिन्न प्रतिष्ठित छपाइ उद्योगसँग उनीहरुको उत्पादनको प्राविधिक स्तरको दक्षताको बारेमा जानकारी लिनुको साथै  २०७३।१०।२३ गते प्रिन्टिड. उद्योग र व्यवसाय सम्बन्धी सेमिनार कार्यक्रममा टोलीको सहभागीता रहेको थियो । भ्रमण टोलीले भारतको नयाँ दिल्ली स्थित प्रिन्टिड. रोलर मेशीन ममर्त गर्ने Max Rollers company को  अवलोकन गरेको थियो । उक्त Printing Exibition कार्यक्रममा नेपालबाट मुद्रण विभाग बाहेक नीजि क्षेत्रबाट नेपाल मुद्रण उद्योग महासघंका अध्यक्ष माधव के.सी. लगायत नेपाली छपाई उद्योगका विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो । भ्रमणबाट मुद्रण विभागको प्रतिनिधि मण्डलले छपाई उद्योगमा विकास भएका नयाँ प्रविधिहरुको बारे जानकारी लिने, छपाई उपकरणहरुको उत्पादन गर्ने कम्पनीहरुको अवलोकन गर्ने तथा यी उद्योगहरुबाट उत्पादित मेशिनहरुको स्तरीयता बारे प्रत्यक्ष्य जानकारी लिने र यस क्षेत्रमा अनुभवको आदान प्रदान गरी, छपाई उद्योगको क्षेत्रमा देखापरेका चुनौतीहरुको छलफल र आपसी सहयोग अभिवृद्धि गर्ने बारे पनि छलफल गर्‍यो । भ्रमण कार्यक्रम अत्यन्तै सफल र उपलब्धी मूलक  रह्यो ।

कार्यक्रमका केही झलकहरु: