कार्यशाला गोष्ठी तथा भ्रमण


सरकारी तथा निजी छापाखानाहरु बीचको सहकार्य विषयक एक दिने अन्त‍रक्रिया कार्यक्रम २०७४।७।२७ (हेटौंडा)

प्रकाशित मिति: 2017-11-19

मुद्रण विभागले विभागको आ.व. २०७४।०७५ को वार्षिक कार्यक्रम अनुसार मिति २०७४।७।२७ गते सरकारी तथा निजी छापाखानाहरु बीचको सहकार्य बिषयक एक दिने अन्र्तक्रिया कार्यक्रम हेटौडामा सम्पन्न भयो ।
कार्यक्रममा मुद्रण विभागका महानिर्देशक श्री बलभद्र गिरीको नेतृत्वमा सरकारी कार्यालयका पदाधिकारीहरु लगायत निजी क्षेत्रका छापाखाना संचालकहरुको सहभागिता रहेको थियो । अन्तरक्रियाको क्रममा मुलुकको संघिय संरचनामा मुद्रण व्यवसायलाई गुणस्तरीय, व्यवस्थित र मर्यादित तुल्याउन सरकारी तथा निजी छापाखानाहरु बिच के कस्तो सहकार्य अवलम्बन गर्न सकिन्छ भन्ने बिषय जोडदार रुपले उठेको र यस क्षेत्रमा देखापरेका समस्याहरुको बारेमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रम मकवानपुर जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी श्री चक्र बहादुर बुढाको प्रमुख आतिथ्यमा स्थानीय विकास अधिकारी, सहायक प्र.जि.अ,मुद्रण उद्योग महासंघका मकवानपूर जिल्ला अध्यक्ष लगायत निजी क्षेत्रका छापाखाना संचालकहरु तथा पत्रकारहरु र मुद्रण विभागका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
 
कार्यक्रमका उद्देश्यहरु
  • संघीय संरचना बमोजिम मुद्रण क्षेत्रको विकासका सम्बन्धमा विचारको आदानप्रदान गर्ने, 
  • नीजि क्षेत्रले भोग्दै आएका समस्याहरुको पहिचान गर्ने र ति समस्या समाधान गर्नका लागि नेपाल सरकार समक्ष सुझाब सहितको प्रतिवेदन पेश गर्ने,  
  • सरकारी र नीजि क्षेत्र मिलेर संयुक्त रुपमा गर्न सकिने क्रियाकलापहरु सम्भाव्यताको खोज गर्ने,
  • विगत, वर्तमान र भविष्यको छापाखानाहरुको अवस्थाको बारेमा विश्लेषण गर्दै भावी कार्ययोजनाको लागि आवश्यक सुझाव संकलन गर्ने,
छलफलका विषयहरु
 
१. संधीय संरचना बमोजिम मुद्रण क्षेत्रको विकासका सम्बन्धमा के कस्ता कार्यहरु गर्न सकिन्छ ?
२. मुद्रण व्यवसायलाइ मर्यािदत र व्यवस्थित गराउन सरकारी र नीजिक्षेत्रका छापाखानाहरुको संयुक्त प्रयास के के हुन सक्छन् ?
३. मुद्रणसँग सम्बन्धित ऐन नियमावली निर्माण गर्दा नीजि क्षेत्रका छापाखानाहरुलाई ऐनसँग आबद्ध गर्न सकिने विषयहरु के के हुन सक्छन् ?
४. मद्रण व्यवसायलाई नयाँ प्रविधिसँग समय सापेक्ष बनाउन र दक्ष जनशक्ति तयार गर्ने तालिमको व्यवस्था गर्ने सम्बन्धमा नीजि क्षेत्र र मद्रण विभाग वीचमा के कस्तो सहकार्य  आवश्यक पर्ला ?
५. हाल विदेशमा भैरहेका छपाई सम्बन्धी कार्यहरुलाई स्वदेशमै छपाई गर्ने वातावरणको सृजना गर्ने आवश्यक ऐन, नियममा के कस्ता विषयहरु समावेश गर्ने उपयुक्त हन्छ ।
६. नवीनतम् प्रविधि अनुसार मुद्रण व्यवसायको स्तरोन्नति गर्न मुद्रण उद्योग संघं मुद्रण विभाग र नीजि छापाखानाहरु वीचमा के कस्तो कार्यगत साझेदारी अवलम्बन गर्न सकिन्छ ?
७. मुद्रण व्यवसायलाई व्यवस्थित गर्न सरकारी अनुगमन तथा मुल्यांकनको अवस्थाको बारेमा नीजि छापाखानाको धारणा ।
 
उपस्थित सहभागीहरुबाट प्रस्तुत भएका भनाईहरु
 
१, मुद्रण व्यवसायसँग सम्बन्धित कर्मचारीह्रुलाई क्षमता अभिवृद्धिको लागि तालिमको व्यवस्था हुनु पर्ने ।
२, मुद्रण सम्बन्धी कच्चा सामाग्री पैठारीमा भन्सार छुटको व्यवस्था हुनु पर्ने ।
३, छापाखाना दर्ताको प्रकृया सरल हुनु पर्ने र दर्ता नभएका छापाखानाहरु खारेज गर्नु पर्ने ।
४, मुद्रण व्यवसायमा काम गर्ने कर्मचारीलाई निश्चित तलव तोकिएको हुनु पर्ने ।
५, मुद्रण क्षेत्रलाई सरकारी प्राथमिकतामा राख्नु पर्ने ।
६, छापाखानाहरुको वर्गिकरण हुनु पर्ने ।
७, सरकारी स्कुलका पाठ्यपुस्तकहरुको छपाई कार्य निजी क्षेत्रलाई पनि दिनु पर्ने ।
८, मुद्रण व्यवसायमा प्रयोग हुने मेसिन उपकरण खरिदको लागि पनि सहुलियत ऋणको सुविधा दिनु पर्ने ।
९, मेसिन मर्मतको लागि नेपालमा नै जनशक्तिको व्यवस्था हुनु पर्ने ।
१०, स्थानिय स्तरका छपाई कार्यहरु स्थानिय स्तरका छापाखानाहरुलाई नै दिनु पर्ने ।
११, छापाखानाहरुको अनुगमन गर्ने निकाय हुनु पर्ने ।
१२, स्थानीय स्तरका छापाखानामा कार्यरत जनशक्तिको सरकारी स्तरबाट तालिम दिने व्यवस्था हुनु पर्ने ।
१३, मुद्रण विभागले यस प्रकारका कार्यक्रमहरु समय समयमा विभिन्न क्षेत्रमा गर्ने र सरकारी तथा निजी क्षेत्रका बिच पुलको काम गर्नु पर्ने । जस्ता भनाइहरु राख्नु भएको थियो ।
 
निष्कर्ष
 
आ.व २०७४।०७५ को वार्षिक कार्यक्रम अनुसारको सरकारी तथा निजी छापाखानाहरु बीचको सहकार्य बिषयक एक दिने अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि मकवानपूरका प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर बुढाले मुद्रण उद्योग महासघंले मुद्रण विभागसँग समन्वय गरि कार्य गरेमा छपाई उद्योगलाई प्रभावकारी बनाउन सकिने भन्दै मुद्रण उद्योगका समस्या समाधानको लागि सहयोग गर्ने आस्वासन दिनु भयो । कार्यक्रमका सभापति मुद्रण विभागका महानिर्देशक श्री बलभद्र गिरीले सरकारी तथा नीजि छापाखाना बीचको अन्त‍रक्रियाले मुद्रण नीति बनाउन सहयोग पुग्ने विषयमा प्रकाश पार्नु हुँदै कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्वोधन गर्दै कार्यक्रममा सक्रिय सहभागिता जनाउनु हुने सम्पूर्ण सहभागिहरुलाई धन्यवाद दिनु भएको थियो ।
 विभागको पून संरचना गर्ने सिलसिलामा यस्तो अन्तरक्रिया कार्यक्रमको प्रभावकारी भूमिका रहने र सुरक्षण मुद्रण कार्यमा सरकारले अगाडी सार्ने भावी नीति तथा योजनाको लागि समेत यस्ता अन्तरक्रिया कार्यक्रम ज्यादै महत्वपूर्ण हुने विभागको ठहर रह्यो ।
 
कार्यक्रमका केही झलकहरु: